तामाकोसीमा चरम बेथिति : नदीले धार नै बदल्न थाल्यो



२९ वैशाख २०७७, काठमाडौं

बन्दाबन्दी (लकडाउन्)मा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ ।

नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न थालेको हो ।

नदी भित्र डोजरको बितण्डाका कारण सत्तरी गोलाईदेखि मालुसम्मको क्षेत्रका कतिपय भागहरुमा नदीले स्वरुप बदलेर कुरुप देखिन थालेको छ । सरकारी नियमानुसार नदी भित्र डोजर लैजान पाइँदैन ।

बालुवा निकाल्दा मापदण्ड पूरा गरेर बगर क्षेत्रबाट मात्र निकाल्नुपर्ने नियम छ । तर यो क्षेत्रमा प्रत्येक एक सय मिटरको दूरीमा डोजर नदी भित्रै पसेर बालुवा निकालिरहेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा रमेश खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्