एक लाख घुससहित वन अधिकृत पक्राउ



२८ बैशाख २०७७, काठमाडौं

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले उनलाई बिदुर नगरपालिका–२ स्थित वन कार्यालय परिसरमा रहेको निवासबाट शनिबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्