भारतसँग तत्काल भिडिओ वार्ता गरौं : माधव नेपाल



२८ वैशाख २०७७, काठमाडौं

सत्तारूढ नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडिओ वार्ता गर्नुपर्ने बताएका छन् ।

शनिबार (आज) एक प्रेस वक्तव्य जारी गर्दै विभाग प्रमुख नेपालले भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारीको अन्त्य पर्खिनु नहुने बताएका हुन् ।

“कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको मौका छोपेर गरिएको अतिक्रमण सम्बन्धमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडिओ कन्फेरेन्सबाट कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौं ।” नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनले देशको भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न पनि माग गरेका छन् ।

सीमा विवादबारे यसअघि पार्टीले गरेका निर्णय स्मरण गराउँदै नेता नेपालले देशको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा सार्वजनिक गन मागसमेत नेता नेपालले गरेका छन् ।

 

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्