
२८ वैशाख २०७७, काठमाडौं
चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ ।
यसअघि मे २, २०२० मा सीजीटीएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्वीर पोस्ट् गर्दै ‘छोमोलाङमा‘ अर्थात् सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट् गरेको थियो ।
सगरमाथा तिब्बतमा पर्छ : चिनियाँ मिडिया [सीजीटीएन]
उक्त पोस्ट्बारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार (आज) सीजीटीएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ ।





