कूटनीतिक नोटको जवाफ नदिइ भारतले सडकको उद्घाटन गर्‍यो : परराष्ट्रमन्त्री ज्ञवाली



२८ वैशाख २०७७, काठमाडौं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पठाइएको कूटनीतिक नोटको जवाफ नै नदिइ नेपाली भूमिमा बनेको सडकको उद्घाटन गरेको बताएका छन् ।

गत २ नोभेम्बर २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि पठाइएको कूटनीतिक नोटको जवाफ नै नफर्काइ समस्या समाधानका लागि पहल नगरी सडक उद्घाटन गरेको उनले बताएका हुन् ।

शनिबार (आज)को प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतले नेपाली भूमिसमेत प्रयोग गरेर धार्चुलादेखि लिपुलेक जोड्ने सडक उद्घाटन गरेको विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् ।

कूटनीतिक माध्यमबाट समाधान खोज्ने हिसाबले अघि बढ्ने सरकारको योजना रहेको उनले सदन समक्ष जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्