
२७ वैशाख २०७७, काठमाडौं
सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई प्रहरीले प्रक्राउ गरेको छ ।
नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक निर्माण गरेको विषयलाई लिएर सडकमा उत्रिएका उनीहरुलाई शनिबार (आज) दिउँसो महाराजगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुवै पूर्वसुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ । महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले लकडाउन् उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।
यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई पनि प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
|सांकेतिक तस्वीर|





