भोलिदेखि उपत्यकामा सवारी सञ्चालनमा ‘टाइम कार्ड’ लागू



२७ वैशाख २०७७, काठमाडौं

आइतबार (भोलि)देखि उपत्यका काठमाडौंमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

शनिबार (आज) बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।

तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए । उनकाअनुसार सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको छ ।

यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म र्फकनु पर्नेछ । “एक तिहाई मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतयाः आवत जावत नगरौं भनेर समय तोकिएको हो।” ढकालल भनेका छन् ।

त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउने बताइएको छ ।

यस्तै गरेर औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू नुहने बताइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्