देशका छुट्टाछुटै स्थानमा ३ जना मृत फेला



२७ वैशाख २०७७, काठमाडौं

देशका छुट्टाछुटै स्थानमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, दोलखा र सुर्खेतमा तीन जना मृतावस्थामा फेला परेका हुन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बगाउने बस्ने टेक बहादुर घर्तीको घरमा बस्दै आएकी बाग्लुङ गालकोट नगरपालिका–३ हटिया घर भएकी ११ वर्षीया सरिता विक आफ्नै कोठामा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी दोलखाको शैलुङ गाउँपालिका ५ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका ५ घ्याङडाँडा बस्ने ४९ वर्षीय कृष्ण बहादुर कार्की शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका छन् ।

यसैगरी सुर्खेतको चपुरी नगरपालिका ९ राग बस्ने ७५ वर्षीया खगिसरा पौडेलको घरदेखि अन्दाजी ३ सय ५० मिटर टाढा रहेको तलाउमा डुबेर मृत्यु भएको छ ।

उनी मृत अवस्थामा शनिबार बिहान फेला परेकी थिइन् । तीन वटै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

|सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्