दोहोरो स्वर्ण विजेता आयशाले गरिन् दृष्टि विहिनलाई सहयोग



२७ बैशाख २०७७, काठमाडौं

दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त गरेकी हुन् ।

राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ । सागमा पदक जिते वापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी छिन् ।

अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गर्नुभइरहेको छ, आयशाले भनिन्, आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई नी लागेको छ । त्यसमाथि दृष्टिविहिनहरुलाई सहयोग गर्दा थप आनन्द महशुस गरे । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्