सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गर्दा बोल्न नसक्नु कूटनीतिक कमजोरी : साझा पार्टी



२७ वैशाख २०७७, काठमाडौं

भारतले सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गर्दा बोल्न नसक्नु कूटनीतिक कमजोरी भएको साझा पार्टीले औंल्याएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गर्दा पनि सरकार बेखबर रहनु विडम्बनापूर्ण रहेको भन्दै साझाले यस्तो अवस्थामा पनि बोल्नु नसक्नु कूटनीतिक कमजोरी भएको बताएको हो ।

“भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी सम्वाद हुन नसक्नु हाम्रो ‍कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ ।’ साझाका सहप्रवक्ता शरदराज पाठकद्वारा विज्ञप्तिमा भनिएको छ ।

भारतले सबै अतिक्रमित भूमि छोडेर जानुपर्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्ने लगायतका माग साझाले राखेको छ ।

यस्तै पछिल्लो समय भारतले जारी गरेको नयाँ राजनीतिक नक्सा नक्सा सच्याउनुपर्ने तथा नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्नेसमेत साझा पार्टीको धारणा छ ।

भारत सरकारले शुक्रबार (हिजो) नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकखण्डको उद्घाटन शुक्रबार गरेको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्