
२७ वैशाख २०७७, काठमाडौं
लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।
भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा सामाजिक दूरी कायम गरी शान्तिपूर्ण सांकेतिक विरोधको तयारी गरिरहेका बेला प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएको अनेरास्ववियूका केन्द्रीय सचिव सुदेश पराजुलीले जानकारी दिए ।
पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, सुजन श्रेष्ठ, कैलाश घिमिरे लगायतका नेता रहेका छन् ।
|तस्वीरमा पक्राउ परेका विद्यार्थी। श्रोतः|





