‘भारतको अतिक्रमणविरुद्ध भर्त्सना गर्दछु, सरकारले तु कदम चालोस्’



२७ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएकोमा भर्त्सना  गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् ।

श्रेष्ठ लेख्छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र  आफैँले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तु कदम चालोस् ।’

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेपछि भारतविरुद्ध नेपाली जनता आक्रोशित भएका छन् ।

तर, नेपाल सरकारले भने यसबारे हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्