१० संचार संस्थालाई प्रेस ज्याकेट तथा स्वास्थ्य सामग्री सहयोग



२६ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ क्षेत्र भित्रका १० वटा संचार संस्थालाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

समाजसेवी डा. तेज रोक्काको सहयोग र एचटिभि खबरका प्रधान सम्पादक सविन पन्तको संयोजनमा बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र कार्यरत १० वटा संचार संस्थालाई २० थान प्रेस ज्याकेट र स्वास्थ्य सामग्री वितरण गरिएको हो । बूढानीलकण्ठ नगरपालिका वडा नंं १२ का वडा सदस्य पुरुषोतम नेपालले संचारकर्मीहरुलाई ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपाल सरकारले लागु गरेको लकडाउन पालना गर्दै विभिन्न स्थानमा समाचार संकलन गर्न सहजहोस् भनि संचारकर्मीलाई स्वास्थ्यमा समस्या नआवस् भन्ने उदेश्यले स्वास्थ्य सामग्री तथा प्रेस ज्याकेट उपलब्ध गराएको समाजसेवी डा. तेज रोक्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्