
२६ वैशाख २०७७, काठमाडौं
स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबारको निषेधित क्षेत्रतर्फ अघि बढेका चिनियाँ नागरिकलाई रोक्ने क्रममा नेपाल प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको छ ।
सिंहदरबारतर्फ अघि बढेका चिनियाँ नागरिकलाई रोक्न रोज्दा उनीहरु एक्कासी आक्रमणमा उत्रिएपछि निकैबेर प्रहरी र चिनियाँ नागरिकबीच घम्साघम्सी भएको थियो ।
आक्रमणमा परी महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक घाइते भएको बताइएको छ ।
घाइतेहरुको वीर अस्प्तालमा उपचार भइरहेको बताइएको छ । सो क्रममा ३३ जना चिनियाँ नागरिकलाई हिरासतमा लिइएको महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले बताए ।
भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुस् ।





