ओलीलाई बाबुराम भट्टराईको सुझाव : ‘तपाईँले राजीनामा दिँदै राम्रो हुन्छ’



२६ वैशाख २०७७, काठमाडौं

जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भ्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

शुक्रबार (आज) शुरु भएको संघीय संसदको अधिवेशनलाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्रीले राजीनामा दिँदै राम्रो हुने सुझाव दिएका हुन् ।

“तपाईँलाई स्वास्थ्यले पनि साथ दिएको छैन । तपाईँले आफ्नो पदबाट राजीनामा दिँदै नै राम्रो हुन्छ ।” उनले भने, ‘कोही कुर्सीमा बस्दै र सत्ताको प्रयोग गर्दैमा ठूलो मान्छे हुँदैन ।’

यस्तै उनले जननिर्वाचित सरकारको छविमाथि प्रश्न उठेको पनि बताए । राजनीतिले बाटो बिराएको औंल्याउँदै नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिँदै लोकतन्त्र सुनिश्चित हुने पनि बताए ।

यसैबीच उनले कोभिड १९ (कोरोना भाइरस)बाट प्रभावितहरुप्रति सरकारको ध्यान जानुपर्ने बताए ।

|तस्वीर श्रोतः प्रतिनिधि सभाको वेबसाइट|

प्रतिक्रिया दिनुहोस्