राजेन्द्र महतोको आक्रोश : ‘दुई तिहाईको सरकार, दुई कौरीको काम नगर्ने ?’



२६ वैशाख २०७७, काठमाडौं

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौरीको काम नगरेको बताएका छन् ।

शुक्रबार (आज) शुरु भएको संघीय संसदको अधिवेशनलाई सम्बोधन गर्दै नेता महतोले दुई तिहाईको सरकारले दुई कौरीको काम पनि नगरेको बताएका हुन् ।

“सरकार दुई तिहाईको रे । अनि काम चाहिँ दुई कौरीको पनि नगर्ने ?” नेता महतोले आक्रोश पोखे, ‘के दुई तिहाईको सरकारले गरेको काम यही हो ?’

यस्तै उनले सरकारले काम नगर्दा जनताको भोट खेर गएको पनि बताए । ‘के जनताले आफूले पीडा पाउनलाई भोट दिएको हो ? जनताको निम्ति सरकारले के गर्यो ?’ उनले प्रश्न गरे ।

यस्तै गत ८ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेका दुई अध्यादेशलाई निशाना बनाउँदै नेता महतोले आफूहरुको पार्टी फुटाएर आफ्नो पार्टीमा गाभ्न खोजेको आरोप पनि लगाए ।

यसैबीच नेता महतोले कोभिड १९ बाट पीडित तथा प्रभावित भएकाहरुप्रति सरकारले ध्यान दिनुपर्ने पनि बताए ।

|तस्वीरमा नेता महतो। श्रोतः प्रतिनिधि सभाको वेबसाइट|

प्रतिक्रिया दिनुहोस्