बालुवाटारमा ओली-प्रचण्ड : दुई घण्टा लामो कुराकानी



२६ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई घण्टा लामो छलफल भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताए ।

भेटवार्तामा संसदको बजेट अधिवेशनबारे छलफल भएको उनले बताए । ‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा झण्डै दुई घण्टा संसदको बजेट अघिवेशनबारे छलफल भएको हो ।’ उनले भने ।

संसद सचिवालयका अनुसार बजेट अधिवेशन अपराह्न ४ बजे शुरु हुँदैछ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्