केपी शर्मा ओलीलाई कसैले च्यालेन्ज दिन्छ भने, त्यो सिद्धिने बाटो हो : सांसद नविना लामा



२६ वैशाख २०७७, काठमाडौं

प्रतिनिधि सभाकी सांसद नविना लामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले पनि पदबाट हटाउन नसक्ने बताएका छिन् ।

प्राइम टेलिभिजनमा अन्तरवार्ता दिँदै सांसद लामाले प्रधानमन्त्रीलाई कसैले हटाउन खोज्छ भने ऊ सिद्धिने बताइन् । “प्रधानमन्त्रीलाई कसैले हटाउन खोज्छ भने ऊ सिद्धिन्छ ।” उनले भनिन्, ‘प्रधानमन्त्रीलाई कुनै माइकालालले हटाउन सक्दैन ।’

यस्तै उनले प्रधानमन्त्रीले एकदमै राम्रो काम गर्न सकेको पनि बताइन् । प्रधानमन्त्रीको विकल्प खोज्ने बेला नभएको बताउँदै सांसद लामाले प्रधानमन्त्रीलाई पदबाट हटाउन खोज्ने जोकोही दिनरात सकिने बताइन् ।

यस्तै उनले विश्वभर महामारीको रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस)विरुद्ध पनि सरकारले लोकप्रिय काम गरेको बताइन् । ‘सरकारले के गरेको छैन ? सबै काम गरेको छ ।’ उनले थपिन् ।

गलत तत्वहरुले सरकारविरुद्ध नकारात्मक आवाज उठेको दावी गर्दै सांसद लामाले वर्तमान प्रधानमन्त्री अहिलेको सफल प्रधानमन्त्री भएको बताइन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्