ट्रम्पका रोजाइको सुरक्षाकर्मीलाई कोरोना संक्रमण



२६ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सुरक्षामा परिचालन भएका एक सुरक्षाकर्मीलाई कोभिड १९ (कोरोना भाइरसं संक्रमण पुष्टि भएको छ ।

अमेरिकी समाचार संस्था सीएननका अनुसार उनी अमेरिकी नेभीमा दरबन्दी भएका सुरक्षाकर्मी हुन् । सुरक्षाकर्मीले राष्ट्रपति नजिक रहेर काम गर्नुपर्ने हुन्छ । नाम सार्वजनिक नगरी अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार उनी प्रथम परिवारसँग निकट रहेर काम गर्दै आएका व्यक्ति हुन् ।

ट्रम्पको रोजाइका सुरक्षाकर्मी पनि हुन् । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनका एक कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ। थप जानकारी दिएको छैन ।

निजी सुरक्षाकर्मीलाई कोरोना भाइरस देखिएपछि ट्रम्पलाई सरेको हुनसक्ने कतिपयको अनुमान छ । बुधबार यो जानकारी स्वास्थ्य टोलीले राष्ट्रपतिलाई दिएको थियो ।

सीएनएनले लेखेको छ, ‘यो खबर पाएपछि राष्ट्रपति हड्बडाए । निरास भए ।’ सुरक्षाकर्मीमा कोरोना देखिएपछि ह्वाइट हाउसका चिकित्सकले राष्ट्रपति ट्रम्पको पनि स्वास्थ्य परीक्षण गरेका छन् ।  एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

 

प्रतिक्रिया दिनुहोस्