अहिलेका प्रधानमन्त्री सफल प्रधानमन्त्री : मन्त्री भट्टराई



२६ वैशाख २०७७, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पार्टीभित्रको विवाद छिट्टै हल गर्नुपर्ने बताएका छन् ।

उनले केही समस्या छन् भने बाहिर छरेर नहिँडी पार्टिभित्रबाट नै समस्याको समाधान खोज्नुपर्ने बताएका हुन् । पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारका केही कमीकमजोरी भए आत्माआलोचना गरिसकेको भन्दै सरकार विकास निर्माण तथा कोभिड १९ विरुद्धको राम्रो काम गरिरहेको र झन्डै आठ प्रतिशतको वृद्धि हुने नजिक नजिक पुर्याएको अवस्थालाई उपलब्धीको रुपमा लिँदै संस्थागत गर्नुपर्ने समेत उनले बताए ।

मन्त्री भट्टराईले वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री भएको र उनले राम्रो काम गरेको गरेको बताए । यस्तै उनले पार्टीको स्थायी कमिटी बैठक तत्काल नै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्दै भने, “बैठक दुई चार दिन लम्बिन्छ । नेताहरु मिलेर जहिले गरेपनि हुन्छ ।”

यस्तै उनले नेकपाको स्थायी कमिटी बैठक तत्काल नबस्दैमा आकाश खस्दैन भन्दै आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताए । उनले एक टेलिभिजनमा अन्तरवार्ता दिँदै यस्तै बताएका हुन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्