पत्रकारमाथिको दुर्व्यबहार निन्दनीय छ…



२५ बैशाख २०७७, काठमाडौं

जन्तेढुङ्गा साप्ताहिक तथा जन्तेढुङ्गा अनलाइनका झापा सम्बाददाता तथा क्यामरामेन माथी झापा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सहितको टोलीले गरेको दुर्व्यबहार निन्दनीय छ ।

झापा गाउपालिका वडा नं.६ को सामाजिक सुरक्षा भत्ता वितरणको रिपोर्टीङ्ग गर्ने क्रममा वडाध्यक्ष हरी बहादुर बानिया र एनआईसी एसियाका प्रतिनिधी बताउने ब्यक्तीहरुले जन्तेढुङ्गा मिडियाका झापा सम्बाददाता झापाली कान्छा र क्यामरामेन जयलाल माझीलाई दुर्ब्यबहार गर्नुका साथै क्यामेरानै जफत गर्ने सम्मको कार्य गरेका थिए ।

कुनै पनि समाचार चित्त नबुझे खण्डन गर्ने, पे्रस काउन्सिलमा उजुरी दिने र सम्मानित अदालतबाट मुद्दा चलाउन पाउने कानुनी बाटो हुँदाहुँदै जनप्रतिनिधिले नै दलबलको प्रयोग गरी पत्रकारमाथि दुर्व्यबहार भएको प्रती गम्भिर ध्यानाकर्षण गर्दै जन्तेढुङ्गा पब्लिकेसन्स मिडिया एण्ड सप्लायर्स प्रा.लिले विज्ञप्ती जारी गरेको छ ।

जन्तेढुङ्गा पब्लिकेसन्सद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्