नेकपा नेतृ शुशीलाद्वारा प्रेस संगठन सर्लाहीलाई प्रेस ज्याकेट हस्तान्तरण



२५ बैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ शुशीला बस्नेत भण्डारीले प्रेस संगठन नेपाल सर्लाहीलाई प्रेस ज्याकेट हस्तान्तरण गरेकी छिन् ।

नेतृ भण्डारीले कोरोना विरुद्धको लडाईमा अग्र पंत्तिमा रहेर समाचार संकलन गरिरहेका क्रियाशील पत्रकारलाई काम गर्न थप हौसला मिलोस भन्ने उद्देश्यले प्रेस संगठन सर्लाहीलाई ज्याकेट सहयोग गरेको बताईन् ।

प्रेस संगठन नेपाल सर्लाहीका संयोजक अच्युत सापकोटालाई नेतृ भण्डारीले १० थान प्रेस ज्याकेट सहयोग गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्