‘पर्शुराम स्मृति प्रतिष्ठान’लाई पारस राइको सहयोग



२५ बैशाख २०७७, काठमाडौं

त्रि–ज्योति मा .बि.को संस्थापक स्व .पर्शुराम पोखरेलको नाममा स्थापित “पर्शुराम स्मृति प्रतिष्ठान “लाई उक्त सस्थाका सदस्य एवम् त्रि–ज्योतिमा.बि.का पूर्व बिद्यार्थी पारस राईले पचास हजार पाँच सय सहयोग गरेका छन् ।

संस्थाका सचिव एवम् त्रि–ज्योति मा .बि.का प्राचार्य गणेशकुमार मिश्रलाई उनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

समाजमा रहेका अति बिपन्न परिवारका मानिसको सेवामा भित्री मनदेखि सेवा गर्ने इच्छाका कारण सो रकम आफुलाई शिक्षा दिने स्व .पर्शुराम पोख्रेलको स्मरणका लागि प्रदान गरेको राईले बताए । अग्रज गुरुप्रतिको स्मरण गर्नु हामी विद्यार्थीहरुको कर्तव्य भएकोले यस महामारीको बेला गुरुको स्मरण गर्दै मानव सेवाको लागि आफुले सानो सहयोग गरेको उनले बताए ।

शिक्षासेवी, समाजसेवी र निष्ठाका साथ कर्मपथमा सक्रिय ब्यक्तित्व गणेशकुमार मिश्रले कोरोना भाइरसका कारण बन्दाबन्दी (लकडाउन) भई समस्यामा परेका बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ मा बसोबास गर्ने शारीरिक अपाङ्गता, सुत्केरी र जेष्ठ नागरिकहरुको सेवामा पर्शुराम स्मृति प्रतिष्ठान मार्फत उक्त रकम खर्च गरिने कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्