श्रम मन्त्रालयबाट साढे १४ लाख कोरोना कोषमा



२५ वैशाख २०७७, काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ ।

मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।

सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्