
२५ वैशाख २०७७, काठमाडौं
भारतीय समूह नेपाल छिर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ ।
बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।
भारतबाट दुई वटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।
गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततर्फ फर्काएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
उनका अनुसार नेपालमा खेतबारी भएका ती भारतियहरुले प्रवेश गर्न दिनुपर्ने अडान लिएका थिए । तर उनीहरुलाई प्रवेश गर्न नदिएपछि आक्रोशमा ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
अहिलेको त्यहाँको अवस्था सामान्य रहेको छ ।
|सांकेतिक तस्वीर|





