आईटीटीएफको परीक्षामा तीन नेपालीलाई सफलता



२५ बैशाख २०७७ऽ काठमाडौं

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन् । ५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे । उत्तीर्ण हुन ३८ अंक चाहिनेमा नरेशले त्यत्ति नै अंक ल्याए ।

प्रतिक्रिया दिनुहोस्