ओलीले नजरअन्दाज गर्दा प्रचण्डले सम्झिए ‘किरात समुदाय’लाई !



२५ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) बुद्ध जयन्तीसम्बन्धीको ठूलै शुभकामना सन्देश बोकेर ल्याए ।

खुशी लाग्यो, नेपालमा जन्मिएका मानव स्वरुपका भगवान् सिद्धार्थ गौतमलाई आज विश्वले निचेको छ । शान्तिका अग्रदूतको नाम अनि सम्झनामा मुलुकको नेतृत्वबाट त्यति त गर्नैपर्थ्यो, हुनैपर्थ्यो । जुन भयो पनि । हामी सबै बुद्धको बुद्धत्व अनि महापरिनिर्वाणबाट प्रेरित मान्छे हौं । प्रधानमन्त्रीको सम्बोधन राम्रो लाग्यो । गज्ज्ब लाग्यो । भगवान् गौतम बुद्ध जयन्तीको शुभकामना । अनि अग्रदूतप्रति हार्दिक श्रद्धा सुमन ।

तर, यस अर्थमा दुःख पनि लागेको छ । प्रधानमन्त्री त्यो ४ मिनेट ३३ सेकेण्डको सम्बोधनमा प्रकृतिपूजक किरात समुदायको महान् पर्व उभौलीको नाम कतै अटाएन । सधैं समानता तथा भाइचारको कुरा गर्ने प्रधानमन्त्रीको गर्धनबाट यत्ति त निस्किनुपर्थ्यो, ‘साथै किरात समुदायको पर्व उभौलीको पनि शुभकामना !’ ।

|भिडिओ श्रोतः नेकपा नेता योगेश भट्टराई

बुद्धको निम्ति यत्तिका गहकिला शब्दहरु खर्चिरहँदा कमसेकम एक शब्द त किरात समुदायको लागि पनि खर्चिनुपर्थ्यो ।

त्यसो त प्रधानमन्त्रीले सदाका दिनमा किरातसँग सम्बन्धीत विशेष चाडपर्वहरुको शुभकामना नदिएका होइनन् । गत १७ वैशाख २०७५ मा त मज्जैले बुद्ध जयन्ती र प्रकृतिपूजक किरातीहरुको उभौलीको शुभकामना भनेर भनेका थिए । उनले धेरै पटक आफू माथिल्लो ओहोदामा रहँदा शुभकामनाहरु दिँदै आएका थिए ।

आज प्रधानमन्त्रीले नसम्झिँदा यत्ति त लेख्दै मन लाग्यो । साँच्चै नै भन्ने हो भने, नेपालका धर्म, संस्कार, संस्कृति, रीतिरिवाज अनि रहनसहन कुनै पनि समुदायले बचाएको हुँदो हो त त्यो किरात समुदाय हो ।

प्रचण्डले सम्झिए, किरात समुदायलाईः
“त्यसैगरीः आज नै परेको किरात (राई, लिम्बु सुनुवार र याख्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किरात समुदायमा सुख, शान्ति, तथा आपसी भाइचारको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।” प्रचण्डले आफ्नो शुभकामना सन्देशमार्फत् भनेका छन् ।

|प्रचण्डको सचिवालयःश्रोत|

प्रचण्डले किरात समुदायलाई सम्झिँदा ओलीले किन सम्झिएनन्, यो चाहिँ असुहाउँदिलो लागेको कुरा हो ।

मैले धेरै मान्छेका मुखबाट सुनेको थिएँ, ओलीभन्दा प्रचण्ड प्रायः कुरामा केही सकारात्मक हुन् भनेर । यो आज आएर साँच्चै होकि भनेर महसुस भयो । एउटा आफ्नो शुभकामना सन्देशमा किरात शब्द त अटाउन नचाहनेले सिङ्गो किरात समुदायको निम्ति के गर्न सक्ला ?

मुलुकको शीर्ष नेतृत्वबाट जातीय भेदभावः
मुलुकको शीर्ष नेतृत्वबाट यस्तो खालको जातीय भेदभाव हुनु साँच्चै नै दुःखद हो ।

धेरै विज्ञहरुले भन्दै आएका छन्, जातीय भेदभाव हटाउने एउटा उत्तम उपाय भनेको ‘राष्ट्रप्रमुख तथा नेतृत्वबाट राष्ट्रका नाममा सम्बोधन’ हो भनेर । तर, यस्तो खाले सम्बोधनले त खैर जातीय भेदभाव हट्दैन । जातीय भेदभाव उन्मूलन भयो भनेर भनिन्छ, दावी गरिन्छ । अनि यो चाहिँ के जातीय भेदभावजस्तो देखिएन र ?

प्रधानमन्त्रीको आजको सम्बोधन हेर्दा जातीय भेदभाव कायमै छ कि भनेर लाग्यो ।

किरात समुदायको महान् पर्व उभौली र बुद्ध जयन्तीको शुभकामना !

प्रतिक्रिया दिनुहोस्