शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा आउने [सूचीसहित]



२४ वैशाख २०७७, काठमाडौं

आउँदो शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा आउने भएका छन् ।

सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले आउँदो शुक्रबार (२६ वैशाख)देखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै संघीय सरकारले गत वर्षको ११ चैत्रदेखि मुलुकभर बन्दाबन्दी (लकडाउन्)को घोषणा गरेपछि सबै प्रकारका उद्योगधन्दाहरु ठप्प थिए ।

सूचीः


|सांकेतिक/फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्