
२४ वैशाख २०७७, काठमाडौं
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ ।
कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको हो । सरकारले अहिले कोभिडविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै विभिन्न शीर्षकमा बजेटमार्फत विनियोजन भएका खर्चहरु गर्न रोक लगाएको छ ।
अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकहरुमा खर्च प्रतिवन्ध लगाएको छ । चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ ।
यो गाडी किन्ने बोलपत्र भने फागुनमै प्रकाशित भएको थियो ।
|फाइल तस्वीर|





