
२४ वैशाख २०७७, काठमाडौं
सर्लाहीको चक्रघटा गाउँपालिका ६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मंगलबार (हिजो) मृत भेटिएका छन् ।
स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत भेटिएका हुन् ।
सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव हिजो गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा मृत भेटिएका सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|मृत बालक। श्रोतः|





