नयाँ टिप्पणी : २० दिनपछि देखिएका किम जोङ सक्कली कि नक्कली ?



२४ वैशाख २०७७, काठमाडौं

उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए ।

यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो भएन । किमका जुन तस्वीर सार्वजनिक भए त्यसबारे सोसल मिडियामा बहस शुरु भएको छ ।

वास्तवमा, किमको रुपमा सार्वजनिक भएका ती व्यक्ति वास्तविक किम नभई उनका ‘बडी डबल’ भएको दावी गरिएको छ । यद्यपि, यसमा कत्तिको वास्तविकता छ, त्यो भन्न मुस्किल छ ।

‘किमले आफ्ना बडी डबल प्रयोग गर्ने गरेको तथ्य कसैबाट लुक्न सकेको छैन ।’ इन्टरनेशनल बिजनेस टाइम्स (आइबीटी)ले भन्यो । सन् २०१७ मा सनले किम जोङ उनले आफ्ना केही बडी डबललाई भेटेको भिडिओ सार्वजनिक गरेको थियो ।

आइबीटीका अनुसार मानवाधिकारकर्मी जेनिफर जेङले यी दुईबीचको भिन्नताबारे पहिलो पटक कुरा गरेपछि यसले धेरैको ध्यान आकृष्ट गरेको हो । ‘मे १ मा देखिएका किम जोङ उन सक्कली हुन् ?’ उनले ट्वीटरमा किमका नयाँ र पुराना तस्वीरबीच गरिएको तुलनासहितको तस्वीर पोस्ट् गर्दै सोधेकी थिइन् ।

दाँतमा भिन्नता–
सोसल मिडियामा शेअर् गरिएको तस्वीरलाई ट्वीट गर्दै बेलायतकी लुईजी मेन्सले पनि सार्वजनिक भएका व्यक्ति किम नभएको दावी गरेकी छिन् । यी दुई तस्वीरमा किमको दाँतमा स्पष्ट भिन्नता देख्न सकिन्छ ।

जसको आधारमा यी दुई व्यक्ति भिन्न भएको बताइएको छ । यद्यपि, यसमा जुन नक्कली कम बताइएको छ । त्यो तस्वीर एडिट गरिएको पनि दावी गरिएको छ । किनभने त्यो प्योङ्गयाङमा खिचिएको ताजा तस्वीरसँग मेल खाँदैन ।

कानमा भिन्नता–
यसबाहेक किमको कान पनि भिन्न भएको बताइएको छ । पुरानो र नयाँ तस्वीरमा कानको लोती भिन्न देखिएको छ । यद्यपि, अन्य केहीले दावी गरेअनुसार यो तस्बिर निकै पुरानो हो ।

त्यतिबेलादेखि अहिलेसम्म किमको अनुहारको बनोट अत्यधिक परिवर्तन भइसकेको छ ।

शल्यक्रियाको दावी–
सबैभन्दा धेरै चर्चा सायद किमको नाडीमा देखिएको चिन्हको विषयमा भइरहेको छ । उक्त दाग अथवा चिन्ह शल्यक्रियाको हो भन्ने अड्कलबाजी गरिएको छ ।

शल्यक्रियापछि नै उनको स्वास्थ्य खराब भएको भन्ने अफवाह उडेको थियो । यहाँसम्म कि कतिले त उनको मृत्यु नै भइसकेको दावी गरेका थिए । यद्यपि, दक्षिण कोरियाले उनको कुनै पनि शल्यक्रिया नभएको दावी गरेको छ ।

बहिनी पनि नक्कली ?
रोचक कुरा के छ भने किम मात्रै होइन । उनकी बहिनी पनि नक्कली भएको दावी गरिएको छ ।

उनको तस्वीर पनि पुरोना तस्वीरसँग दाँजेर प्योङ्गयाङले केही दिन अघि आयोजित कार्यक्रममा उनको पनि बडी डबललाई उपस्थित गराइएको दावी गरिएको छ ।

समाचार श्रोत : न्यूयोर्क पोष्टनवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस्