लकडाउन् पुनः लम्ब्याउने संकेत, निर्णय भोलिको मन्त्रिपरिषद् बैठकले गर्ने



२३ वैशाख २०७७, काठमाडौं

कोभिड–१९(कोरोना भाइरस)सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बन्दाबन्दी (लकडाउन्) लम्ब्याउन संकेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार (आज) बसेको बैठकमा अहिले जारी ‘लकडाउन्’लाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत ‘लकडाउन्’ गर्ने विकल्पमा छलफल भएको छ ।

तर अहिले नै क्षेत्रगत ‘लकडाउन्’मा जाने बेला भएको वा नभएको भन्ने प्रश्नबारे विशेष छलफल भएको बताइएको छ । बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बताए ।

साथै २५ गतेपछि ‘लकडाउन्’ के हुन्छ भन्ने भोलि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताइएको छ । तेश्रो पटक थपिएको ‘लकडाउन्’को समयावधि आगामी २५ वैशाखमा सकिँदैछ ।

|तस्वीरमा उच्च स्तरीय बैठक। श्रोतः|

प्रतिक्रिया दिनुहोस्