विप्लव नेकपाका केन्द्रीय सदस्य ‘विरही’ पक्राउ



२३ वैशाख २०७७, काठमाडौं

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन् ।

गृह मन्त्रालयको स्रोतका अनुसार उनलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो । उनी विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन् ।

उनलाई पार्टीभित्रको इमान्दार नेताका रुपमा पनि लिइन्छ । पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए ।

प्रतिबन्धित विप्लव नेकपालाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्