
२३ वैशाख २०७७, काठमाडौं
बाँकेको नेपालगञ्जमा मंगलबार (आज) बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ ।
कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञा स्थानीयले उल्लंघन गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
निषेधित क्षेत्रको पालना नगर्ने स्थानीयलाई सम्झाउन खोज्दा नमानेकाले बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निषेधित क्षेत्रको पालना गराउन हिँडेका सुरक्षाकर्मी चढेको बा १ झ ८२८४ नम्बरको गाडीमा स्थानीयले तोडफोड गरेका बताइएको छ ।
झडपमा परेर दुई जना स्थानीय घाइते भएका छन् । बिस्कोरियन टोल त्रिवेणी मोडनिर रहेको संजय किराना स्टोर्सका संचालक ५७ वर्षीय शिव कुमार बानियाँलाई प्रहरीले कुटपिट गरेपछी झडप भएको स्थानीयको भनाइ छ ।
झडपपछि सुरक्षा सतर्कता बढाइएको छ ।
|तस्वीरमा झडपः श्रोत|





