नेकपा अध्यक्षद्वयबीच भेटवार्ता : सचिवालय बैठकको निर्णय कार्यान्वयनमा छलफल



२३ वैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकमा भएको सहमतिअनुसार अगाडि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले एक व्यक्ति एक पदको अवधारणामा फेरि असहमति जनाएका स्रोतको दावी छ । त्यहीँ विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

बुधबार (भोलि)को सचिवालय र पर्सिको स्थायी कमिटी बैठकका विषयमासमेत छलफल भएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्