माल्दिभ्स र यूएईमा रहेका आफ्ना नागरिकको उद्धारका लागि भारतले पठायो पानीजहाज



२३ वैशाख २०७७, काठमाडौं

माल्दिभ्स र यूनाइटेड अरब इमिरेट्स (यूएई)मा रोकिएका नागरिकलाई फिर्ता ल्याउन भारत सरकारले तीन वटा पानीजहाज पठाएको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार सोमबार (हिजो) राति माल्दिभ्सतर्फ दुई र यूएईका लागि एउटा पानीजहाज पठाइएको हो ।

सरकारी समाचार एजेन्सीले प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुबई र अबुधाबीस्थित मिसनमा करिब दुई लाख भारतीय नागरिक दर्ता छन् ।

माल्दिभ्स र यूएईमा कति भारतीय नागरिक रोकिएका छन् भन्‍ने अधिकारीहरूले प्रष्ट्याएका छैनन् । विदेशमा रोकिएका नागरिकलाई फर्काउन भारतले ७ मेदेखि चरणबद्ध योजना बनाएको छ ।

त्यसका लागि पानीजहाज र विमानहरू तयारी अवस्थामा राखिएको अधिकारीहरूले जनाएका छन् । एजेन्सीको सहयोगमा-

|तस्वीरमा पानीजहाज। श्रोतः|

प्रतिक्रिया दिनुहोस्