
२३ वैशाख २०७७, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक मंगलबार (आज) बस्दै छ ।
बन्दाबन्दी (लकडाउन्)बारे निर्णय गर्न अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सरिक हुने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए ।
“समितिको हिजो बसेको बैठकले एउटा खाका तय गरेको छ । त्यसमा आज प्रधानमन्त्रीसमेत उपस्थित भएर अझ गहन छलफल हुन्छ ।” श्रेष्ठले भनेका छन्, ‘आजको बैठकबाट केही परिमार्जनसहित मन्त्रिपरिषद्को बैठकमा पेश भएर निर्णय हुनेछ ।’
बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि उच्चस्तरीय समितिको बैठकले खाका तय गर्नेछ । उच्चस्तरीय समितिले ‘लकडाउन्’लाई निरन्तरता नै दिने तयारी गरिसकेको छ ।
समितिले देशभर ‘लकडाउन्’ यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर ‘लकडाउन्’ लाई निरन्तरता दिने खाका तय भइसकेको छ ।
|फाइल तस्वीर|





