तत्कालका लागि काठमाडौंमा ‘लकडाउन्’ नखुल्ने



२२ वैशाख २०७७, काठमाडौं

उच्च स्तरीय समन्वय समितिले बन्दाबन्दी (लकडाउन्)को ढाँचा कस्तो बनाउने भनेर खाका तयार गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।

सोमबार (आज) सिंहदरवारमा बसेको समन्वय समितिको बैठकमा छलफल गरेपश्चात् गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई उक्त निर्देशन दिइएको हो ।

मन्त्रालयहरुलाई मंगलबार खाका पेश गर्न भनिएको छ । यस्तै सोही आधारमा आगामी रणनीति तयार गरिने जनाइएको छ ।

बैठकमा सहभागी एकजना मन्त्रीका अनुसार विभिन्न ठाउँको अवस्था हेरेर ‘लकडाउन्’ खुकुलो हुन सक्ने छ । तर काठमाडौँमा भने तत्कालका लागि खुल्ने सम्भावना नरहेको पनि उनले बताए ।

सरकारले तेश्रो पटक थपेको बन्दाबन्दीको समयावधि आगामी २५ वैशाखमा सकिँदै छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्