लकडाउनको अवज्ञा गर्दै भारत हिँडेका ११ जना प्रहरीद्वारा नियन्त्रणमा



२२ वैशाख २०७७, काठमाडौं

लकडाउनको अवज्ञा गर्दै नेपालबाट भारततर्फ जान लागेका ११ जनालाई महोत्तरीको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका भारतीय नागरिकहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

एकाबिहानै सीमा पार गर्न लागेका उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए । नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् ।

महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरुले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको प्रतिक्रिया दिएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्