
२२ वैशाख २०७७, काठमाडौं
मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत चितवनको जलबिरेमा गएको पहिरो पन्छ्याइएको छ ।
सोमबार (आज) बिहान १० बजेतिर गएको पहिरो स्काभेटरको सहयोगमा हटाइएसँगै सवारी साधनहरु चल्न थालेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले बताए ।
गएरातिदेखिको अविरल वर्षाका कारण पहिरोसँगै रुख ढलेर सवारीसाधन आवागमन केहीबेर रोकिएको थियो ।
|तस्वीरमा पहिरो। श्रोतः|





