चिनियाँ व्यवसायीको सहयोगमा बागमती प्रदेशका संचारकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण (फोटो फिचर)



२१ वैशाख २०७७, काठमाडौं

नेपाल प्रवासी चिनियाँ ब्यापार संघले सिन्ह्वा न्यूज एजेन्सीको समन्वयमा बागमती प्रदेशका ३०० संचारकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गर्ने गरी १५००० थान मास्क र ३२० थान स्यानिटाइजर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव ध्रुवप्रसाद घिमिरेलाई हस्तान्तरण गरेको छ ।

नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल मार्फत काठमाडौंमा उपलब्ध विभिन्न जिल्लाका पार्टी ईन्चार्ज तथा केन्द्रिय सदस्यहरुलाई जिल्लामा क्रियाशील संचारकर्मीको संख्याको आधारमा ७०० थानदेखि  २००० थानसम्म हस्तान्तरण गरिएको छ ।

काठमाडौंमा केन्द्रिय सदस्य हिमाल शर्मा मार्फत बबरमहलमा कार्यक्रम गरी अगुवा पत्रकारहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरियो भने काभ्रे र भक्तपुरमा सचिव घिमिरेकै अगुवाईमा विभागका सदस्यहरु ग्याल्जो लामा र आनन्द पुन सहितको सहभागीतामा प्रेस संगठनका उपलब्ध केन्द्रिय सदस्य सहित क्रियाशील संचारकर्मीहरुलाई हस्तान्तरण गरिएको थियो ।

मास्क तथा स्यानिटाइजर वितरणपछि काभ्रे र भक्तपुरमा अगुवा संचारकर्मीहरुसँग पत्रकारको अवस्था, स्थानीय राजनीतिक दल तथा जनप्रतिनिधिहरुले गर्ने संचारकर्मीहरुप्रति गर्ने व्यवहार र पार्टीले स्थानीय संचारकर्मी तथा संचारमाध्यमलाई गर्नुपर्ने सहयोग र समन्वयको बारेमा समेत छलफल गरिएको थियो ।

नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव घिमिरेले छलफल तथा वितरणमा उपस्थित हुन नसकेका बरिष्ठ संचारकर्मीहरुलाई उपलब्धताको आधारमा वितरण गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्