नेपाल-दाहालबीच भेटवार्ता



२१ वैशाख २०७७, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताहरुबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

उनीहरुबीच पार्टीको हिजो सम्पन्न सचिवालय बैठक र आउँदो स्थायी कमिटी बैठकका विषयमा छलफल भएको बताइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्