संसद अधिवेशन २६ वैशाखमा बोलाउन सिफारिस



२१ वैशाख २०७७, काठमाडौं

सरकारले संसदको वजेट अधिवेशन आगामी २६ वैशाखमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

|तस्वीरमा मन्त्रिपरिषद् वैठक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्