जम्मू-कश्मीरमा भिडन्त : दुई अधिकारीसहित पाँच जनाको मृत्यु



२१ वैशाख २०७७, काठमाडौं

जम्मू-कश्मीरको कुपवाडा जिल्लाको हन्दवाडामा भएको चरम्पन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई अधिकारीसहित पाँच जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भारतीय सेनाका एक कर्नेल र एक मेजर छन् । यसका साथै जम्मू-कश्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवान छन् । भिडन्तमा दुई चरमपन्थीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ ।

भिडन्त शनिबार ३ः३० बजे सुरु भएको थियो । मृत्यु हुनेमा २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइफल म्यानका साथै जम्मू-कश्मीर पुलिसका सब इनिस्पेक्टर शकिल काजी रहेका छन् ।

चरमपन्थीले हन्दवाडाको चांगिमुलमा एक घरलका मानिसलाई आफ्नो कब्जामा राखेका थिए । उक्त घरलाई लुक्न प्रयोग गरिरहेका थिए । जम्मु–कस्मिर प्रहरी र आर्मीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत श्रद्धान्जली दिएका छन् । एजेन्सीको सहयोगमा-

|तस्वीर श्रोतः बीबीबी|

प्रतिक्रिया दिनुहोस्