
२० बैशाख २०७७, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० र ११ भित्रका सडक कुकुरलाई भोको पेटबाट बचाउँदै युवाहरुले खानाको व्यवस्था गरेका छन् । दिपेश भण्डारीको नेतृत्वमा पछि नपरम सकेको गरम भन्दै बूढानिलकण्ठ नगपालिकाका युवाहरु सडकका कुकुरहरुलाई भोको हुन बाट बचाउँदै आएका छन् ।
शनिबार करिब १५० वटा कुकुरहरु लाई भोको हुनबाट बचाउन सबैसँग ५०/५० रुपैयाँ उठाएर अभियान सुरु गरिएको हो । यो अभियान लक डाउन अवधि भर नभई निरन्तर अगाडि बढाउने दिपेश भण्डारीले बताए । उनले कुकुरहरु मात्र नभई एक गाँस खाना खान समस्या पर्नेहरुलाई पनि सहयोग गर्ने वाचा लिएर अगाडि बढेको बताएका छन् ।





