
२० वैशाख २०७७, काठमाडौं
ताप्लेजुङमा शुक्रबार (हिजो) राति आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छ ।
जिल्लाको सदरमुकाम फुङलिङमा भएको आगलागीमा ३२ परिवार प्रभावित भएका छन् । यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा समेत क्षति पुगेको बताइएको छ ।
शनिबार (आज) बिहान संकलन भएको प्रारम्भिक विवरणअनुसार ८ घर परिवारसहित ती घरमा पसल, डेरागरी बस्ने ३२ परिवार विस्थापित बनेका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
साना होटल तथा पसलहरु जलेकाले अहिले नै क्षतिको विवरण संकलन भइनसकेको र अनुमानसमेत गर्न सकिने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ ।
|तस्वीरमा अगालागी। श्रोतः|





