
२० वैशाख २०७७, काठमाडौं
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
अन्य ६ जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर ५ वर्षीया रेखा दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । असिना पानीसँगै परेको चट्याङ लागेर २३ वर्षीय धीरेन्द्र दमाई, ९ वर्षीय आयुष दमाई, ५ वर्षीय निखिल दमाई, १६ वर्षीय छत्र दमाई, २१ वर्षीया गिता दमाई र २१ वर्षकै हजुरा दमाई घाइते भएका छन् ।
घाइतेको रास्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए ।
|फाइल तस्वीर|





