पहिलो चरणमा छुटेका ५ सय ३२ विपन्न परिवारलाई राहत वितरण



१९ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ भित्र पहिलो चरणमा छुटेका विपन्न परिवारलाई दोश्रो चरणको राहत वितरण सम्पन्न गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ भित्रका ५ सय ३२ विपन्न परिवारलाई राहत वितरण गरिएको राहत वितरण समितिका संयोजक माधव पौडेलले परिवर्तन खबरलाई जानकारी दिएका छन् । पहिलो चरणमा छुटेका विपन्न परिवारलाई ९ हजार ४ सय ८० केजी चामल, १हजार २ सय १४ केजी दाल, ५ सय १४ लिटर तेल, ५ सय ३२ प्याकेट नुन, ७ सय पिस हातधुने साबुन लगायतको राहत वडा भित्रका मुख्य पाँच स्थानबाट वितरण गरिएको संयोजक पौडेलले बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण आम जनता नेपाल सरकारको निर्देशित लकडाउनको पालना गरिरहेका छन् । त्यसलाई मध्यनजर गर्दै बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष सुमन तामाङका अनुसार लकडाउनलाई मध्यनजर गर्दै वडा भित्र बसोवास गर्ने विपन्न तथा दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने, असङ्गठित मजदुरी गरि भाडामा बस्ने, असक्त, अपाङ्ग, परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्