संखुवासभा–काठमाडौं सेवा समाजद्वारा राहत वितरण



१९ बैशाख २०७७, काठमाडौं

“संखुवासभा–काठमाडौं सेवा समाज“ ले संखुवासभाबाट काठमाडौं आएर बसेका विद्यार्थी, मजदुर र समस्यामा परेका १२९ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

संस्थाका अध्यक्ष जीवन राईका अनुसार “यस राहत कार्यक्रमले लक डाउनका कारण के खाने भन्ने गुनासो बढेपछि, सबै विद्यार्थी, मजदुर र समस्यामा पर्नु भएका जिल्ला वासीलाई समेट्ने कोसिस गरिएको छ । कार्यक्रम निरन्तर रहने छ ।“ उनले संकटको यस घडीमा हामी सबै मानवीय सेवामा जुट्नु पर्ने र हामी सबैको सहयोग अपरिहार्य भएको हुँदा सकेको सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

त्यसै गरी संस्थाका सचिव तथा अनेरास्ववियुका केन्द्रिय सदस्य उत्तर बहादुर खड्काले पहिलो चरण अन्तर्गतको राहत वितरण कार्यक्रम चावहिल, कपन, जोरपाटी र मैतीदेवी आसपासको क्षेत्रमा गरी सकिएको र अन्य क्षेत्रको समेत योजना गर्दै गरेको जानकारी दिएका छन् । उनले साँच्चै समस्यामा पर्नु भएका संखुवासभा वासी हरुको पहिचान र सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाएका छन् ।

यस अभियानको समन्वय गरेका विज्ञान दाहालले संकटको यस घडीमा समस्यामा परेका विद्यार्थी र मजदुरहरुमा खाद्यान्न पुर्याउन सबै सहयोगी मनहरु एकजुट हुनु पर्ने कुरा व्यक्त गरे । साथै सहयोगको यो शिलशिला निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

मृगौला रोगी संखुवासभा पाचखपन नगपालिका वडा नं ७ निवासी मञ्जरा राईँ लाई आवश्यक खाद्यान्न उनी उपाचरत लाजिम्पाट स्थित डेरा मै लगेर उपलब्ध गराइयो । संकटको यस घडीमा जिल्लावासीको नाताले गरेको यो गुण कहिल्यै विर्सन नसक्ने भन्दै धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्