संकट देखाएर पत्रकारलाई निष्कासन नगर्नु, तलब कट्टा नगर्नु : फोनिज



१९ वैशाख २०७७, काठमाडौं

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले संकट देखाएर पत्रकारहरुलाई निष्कासन तथा उनीहरुको तलब काट्ने काम नगर्न सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।

बिहीबार (हिजो) संघका अध्यक्ष दण्ड गुरुङको अध्यक्षतामा बसेको संघीय समितिको भर्चुअल बैठकले पत्रकारहरुलाई निस्कासन नगर्नु तथा तलब कट्टा नगर्न आग्रह गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दी (लकडाउन्)बाट नेपालका पत्रकारहरु र सञ्चार गृहहरु पनि प्रभावित भएकाले सो सम्बन्धमा सरकार र सञ्चारगृहलाई त्यसतर्फ ध्यानाकर्षण गराउने निर्णय गरिएको हो ।

बैठकले सबै प्रकारका सञ्चारगृहका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गर्ने निर्णय गरेको पनि संघले जनाएको छ ।

कठिन अवस्थामा समाचार संकलनका लागि पत्रकारका लागि आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गर्ने निर्णय गरेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्